
नेपालगञ्ज । हेपोन बचत तथा ऋण सहकारी संस्था बाँकेको अध्यक्षमा पुन सरोज कुमार शाह चयन हुनुभएको छ । संस्थाको शुक्रबार नेपालगञ्जमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले अध्यक्षमा शाहलाई तेस्रो कार्यकालका लागि चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा चन्द्र नारायण मण्डल, सचिवमा राजेश कुमार सेन, सह–सचिवमा पंचम गुरुङ र कोषाध्यक्षमा सन्तोष पौडेलसहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा क्रमश : राजेश कुमार गुप्ता, कृष्ण कुमार लेखेर, उदित बाबु रेग्मी, तारा नाथ अघिकारी, बासुदेव गौतम र अमृता शाही रहनुभएको छ भने लेखा समिति मोहन देवकोटाको संयोजकत्वमा शरद कुमार रेग्मी र शुन्दरलाल शाक्यलाई चयन गरिएको छ ।
सोही अवसरमा स्थापनाकालदेखि उल्लेख्य योगदान पुरयाउने संस्थाका अंगद बहादुर शाही र पूर्व उपाध्यक्ष याम बहादुर खड्कालाई सम्मानित गरिएको सचिव शेनले जानकारी दिनुभयो ।
तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पूर्व परिवार नियोजन अधिकृत शुन्दरलाल शाक्यको प्रमुख आतिथ्यता भएको साधारणसभामा सहकारीका संस्थापक सदस्य नेपाल स्वास्थ्यकर्मी संघका उपमहासचिव हरिहर तिवारी र सहकारीका अभियानकर्ता भिम बहादुर सिंहको बिशेष उपस्थिति रहेको थियो ।
याम बहादुर खड्काले स्वागत गर्नुभएको कार्यक्रमलाई सचिव शेनले संचालन गर्नुभएको थियो ।





