मानब बेचबिखनको संख्यामा बृद्धि

नेपालगञ्ज । पछिल्लो एक वर्षमा अघिल्लो वर्षको भन्दा मानब बेचबिखनको संख्यामा बृद्धि भएको छ । पछिल्लो एक वर्षमा पश्चिम नेपालको नेपालगञ्ज नाका क्षेत्रका जानकारीमा आएका घट्ना अनुसार मानव बेचबिखनका घट्नामा बृद्धि भएको देखिएको हो ।

वर्ष नेपालमा मानव बेचविखनका घट्नाहरु बढ्दै गएको माइती नेपालले जनाएको छ । समाजमा शिक्षा, जनचेतना, संचार माध्यामलगायतको विकास भइरहँदासमेत हरेक वर्ष मानिस हराएका निवेदन घट्नुको सट्टा बढ्दै गएको माइती नेपाल बाँकेका संयोजक केशव कोइराला बताउनुभयो ।

माइती नेपालको तथ्यांक हेर्दा जोखिमपूर्ण यात्रामा सन् २०२० मा २ सय ६७ र २०२१ मा ४ सय ३४ जना थिए । तर सन् २०२२ जनवरीदेखि २०२२ डिसेम्बरसम्म ५ सय १९ जना जोखिम यात्रामा रहेको तथ्यांक रहेको संयोजक कोइरालाले बताउनुभयो । ‘यस वर्ष गत वर्षको तुलनामा ९५ जना बढी नेपालीले जोखिम यात्रामा रहेको निवदेन हामीसँग रहेको छ,’ उहाँले भन्नुभयोे, ‘यसको अर्थ विगतमा हराएका मानिसको कम खोजी भएको र अहिले चेतनाको विकाससँगै हराएका व्यक्तिको खोजीका लागि बढी निवेदन परेको हुन पनि सक्छ ।’

यसरी माइती नेपालमा हराएका व्यक्तिहरुको खोजीका लागि परेको निवेदनमा ३० प्रतिशतभन्दा बढी सामाजिक संजालको माध्यामबाट हराएको निवेदन परेको कोइरालाले बताउनुभयो । सामाजिक संजाजमध्ये टिकटकको माध्यामबाट मात्रै १८ जना हराएको निवदेन माइती नेपालमा परेको थियो । जसमा १६ जना सम्पर्कमा आएका छन् भने बाँकी २ जना अझै पनि सम्पर्कमा आउन नसकेको कोइरालाले बताउनुभयो ।यस्तै माइती नेपालले जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्ममा पश्चिम नेपालका २२ जिल्लाका ५ सय २९ जना जोखिमपूर्ण यात्रामा रहेका व्यक्तिलाई सीमानाबाट उद्धार गरेको छ । जसमा सबैभन्दा बढी सुर्खेतका ८६ जना रहेका छन् । त्यस्तै बाँकेका ८२, दाङका ६२ र बर्दियाका ५८ जना रहेका छन् । जसमा १८ वर्ष मुनिका बालिकामात्रै २ सय १० र बालक १५ जना रहेका छन् ।

त्यस्तै यसवर्ष माइती नेपालमा हराइएका बालबालिका एवम् महिलाहरुको खोजतलास तथा उद्धारका लागि ६ सय ९३ जनाको निवदेन परेको थियो भने २ सय ४९ जनाको उद्धार गरिएको संयोजक कोइरालाले जानकारी दिनुभयो । यसमा पनि १८ वर्ष मुनिका बालिका २ सय ६८ जना छन् भने बालक ७२ जना रहेका छन् ।

यसरी हराएका बालबालिका एवम् महिलाहरुको खोजतलास तथा उद्धारका लागि बाँकेबाट मात्रै १ सय ५७ जनाको निवदेन परेको थियो । साथै बर्दियाबाट ५९, सुर्खेतबाट १ सय १५, दाङबाट ७०, जाजरकोटबाट ५८, दैलेखबाट ४९, रुकमबाट ३८ जनाको निवेदन परेको थियो ।

यस वर्ष माइती नेपालले श्रम र यौन शोषणमा परेका १० जनाको उद्धार गर्नुका साथै घरेलु हिंसामा परेका ७ जनको उद्धार गरेको छ । यस वर्ष ५ जनाको बेचविखन घट्नाको मुद्दा दर्ता भएको छ भने जबरजस्ती करणी (बलात्कार)को १ घटना दर्ता भएको कोइरालाले बताउनुभयो ।

माइती नेपालले शनिबार नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सोको जानकारी गराएको हो ।

Previous articleहेपोनको तेस्रो कार्यकालका लागि अध्यक्षमा शाह चयन
Next articleराष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here