
नेपालगञ्ज । आठौं श्रृङखलामा एकता युवा क्लबको आयोजना तथा प्राइम लाईफ इन्स्युरेन्स नेपालगञ्जको प्रायोजकमा शनिवार पुरैनीमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ पुरैनीमा रहेको एकता युवा क्लबको कार्यालय परिसरमा ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आठौं श्रृङखलामा आयोजना गरिएको कार्यक्रममा डा.बिनोद कर्ण, डा.सन्दिप गुरुङ्ग, समाजसेवी भगौती प्रसाद गोडिया, सुनिल परियार, समाजसेवी भीम पोख्रेल, क्लबका अध्यक्ष राजेश कुमार यादवले संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष यादव, सरोज थापा, बिजय पाठक, भीम पोख्रेल, डेगराज गुरागाईं, सुनील बिश्वकर्मा, बिनोद सुनार, महेश सुनार, बीरेन्द्र गहतराज, ईमरान दर्जी, प्रकाश साहु, योगेश चौधरी, गौरव घर्तीमगर, शुद्यान्शु पासवान, बनवारी पासी, सहदेव पासी, बिनोद साहनी, जितेन्द्र राँढ, कृष्ण ठकुरी, प्रवीण ठकुरी, सुनील राँढ, सरोज मिश्र, बिकास साहु, अमन गोडिया, धर्मु गोडिया, अजु भुषाल, द्वारिका प्रसाद गोडिया, टंक बोहरा, दिनेश काफले, प्रेम, उमेश, राहुल राँढ, रोहित राणा, हरदेव जायसवाल, अृमत गोडिया, बिनोद यादव, रञ्जना मिश्रा, राहुल यादव, सुनिता गोडिया, मनोज कुमार मिश्र, आशिष कुमार साहु, अशोक सिंह गुरुङ्ग, दिनेश यादव, मञ्जु चन्द, सुनल राँढ, पसटाङ्ग नोरबु शेर्पा, कृष्ण सुवेदी, अमित मल्ल लगायत रगतको अभाव नहुन दिनका लागी एकता युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गर्नुभएको हो ।
सो कार्यक्रममा समाजसेवी बीरेन्द्र गहतराज, मंगल जिएम, सुनील केसी, सुरत पुरुष, एस.के.डेरी उद्योगले सहयोगी हातका रुपमा रहनुभएको थियो । यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, पवन जायसवाल, सदस्य परियार, क्लबका सदस्य तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सोम प्रकाश सापकोटा, सुरज यादव, गोमा रावत, केशर सिंह डाँगीले प्राविधिक रुपमा रगत संकलन कार्यमा खटिनुभएको थियो ।





