
नेपालगञ्ज । नेपालगञ्जमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को गणेशपुरमा धारिलो हतियार प्रहार हुँदा सोही ठाउँका दुई जना र एक जना अन्य वडाका युवा घाइते भएका हुन् ।
घाइते हुनेहरुमा नेपालगञ्ज वडा नं-१२ का अनुराग शाह र उज्जवल शाह र वडा नं-४ गणेशपुरका सुभम शाह रहेको रहेको बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरुमाथि आइतबार दिउँसो धारिलो हतियार प्रहार भएको छ । घट्नामा संलग्न प्रहार गर्नेहरु भाग्ने क्रममा चार जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख राठौरले बताउनुभयो ।
घाइते तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । घट्नाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ ।





