
नेपालगञ्ज । पिडितलाई न्यायको माग गर्दै नेपालगञ्ज बजारका मुख्य मुख्य चोक चोकमा प्रदर्शन गरिएको छ । घट्नाको दुई बित्दा पनि पिडक कारबाहीको दायरामा नआएको भन्दै बाँकेका बिभिन्न बिद्यालयका बिद्यार्थी तथा पिडितका आफन्तहरुले नेपालगञ्ज बजारको मुख्य मुख्य चोकमा प्रदर्शन गरेका छन् ।
आन्दोलनकर्ताहरुले प्रदर्शनसंगै नेपालगञ्ज नै ठप्प पारेका छन् । नेपालगन्जको कारकाँदो, राँझा, भुजईगाउँ लगायत चोकहरुमा सोमबार बिहानदेखि सडक अवरुद्ध पारेका छन् ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक धनी सम्पर्कमा नआएपछि आफन्तहरु आन्दोलित भएको बताएका छन् । घटननालाई प्रहरीले गम्भिर रुपमा नलिएको उनीहरुको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले ठक्कर दिने चालकलाई कारबाही, ट्रक धनीलाई सम्पर्कमा ल्याउनुपर्ने लगायत माग राखेर मृतकका परिवार तथा आफन्तहरु आन्दोलनमा उत्रिएको बताउनुभयो ।
ट्रक धनी सम्पर्कमा नआउँदा पीडित परिवारलाई उपलब्ध गराउने क्षतिपुर्तीका विषयमा छलफल नसकेको हो । नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिदाँ साइकल यात्री दैलेख, नारायण नगरपालिका ५ घर भई हाल नेपालगञ्ज १८ तेजन थापा मगरको मृत्यु भएको थियो । परिवार र आफन्तले मृतकको शव नै बुझेका छैनन् ।











