नेपालगन्जमा खुकुरी प्रहार गरी फरार भएका चार जना पक्राउ

नेपालगन्ज । नेपालगन्जकाे गणेशपुरमा खुकुरी प्रहार गरी फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो २ बजेतिर नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरस्थित यूपी ३२ इयू ८६१६ नम्बरको भारतीय कारबाट आएका चार जनाले वडा-१२ का अनुराग शाह, जानकी गाउँपालिका-३ का उज्वल शाह र नेपालगन्ज-४ का सुभम जंग शाहलाई खुकुरी प्रहार गरी फरार भएका थिए ।

पक्राउ पर्नेमा विनय भण्डारी, नारायण डाँगी, प्रकाश रासाइली र तासे भन्ने प्रकाश थापा रहेका छन् । खुकुरी प्रहार गरी फरार भएको भन्ने सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेका उपरीक्षक सन्तोष सिंह राठौरको नेतृत्वमा खटिएको टोलीले घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा पुर्याएको थियो ।

खुकुरी प्रहार गरी फरार भएकाहरुलाई पछ्याउने क्रममा उनीहरुले प्रयोग गरेको गाडी बाँकेको डुडुवा गाउँपालिका-३ स्थित रामपुरुवा जाने बाटोकाे दक्षिणतर्फ खेतमा फेला परेको थियो । 

प्रहरीले सोही गाडीमा रहेका नेपालगन्ज उपममहानगरपालिका-१८ का भण्डारी, वडा-६ का थापा, राप्ती सोनारी गाउँपालिका-२ का डाँगी र वैजनाथ गाउँपालिका-५ का रसाइलीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुले प्रहार गरेको दुई थान खुकुरी नेपालगन्ज उपमहानगरपालिका-५ फुल्टेक्राबाट बरामद गरी अनुसन्धान प्रहरीले अनुसन्धान शुरू गरेकाे छ ।

Previous articleवडाअध्यक्ष तिवारीको आमाको निधनप्रति गाउँपालिकाद्धारा शोक व्यक्त
Next articleपिडितलाई न्यायको माग गर्दै नेपालगञ्जको मुख्य चोकहरुमा प्रदर्शन (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here