आर्थिक तथा वित्तीय अवस्थाः १४ प्रतिशतले घट्यो ब्यापार घाटा

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४.२ प्रतिशतले घटेर रु.९ खर्ब ४३ अर्ब ७ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.७ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दश महिनाको तथ्याङ्कमा उक्त कुरा उल्लेख छ ।

त्यसैगरी वार्षिक विन्दुगत आधारमा २०७७ बैशाख महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २.४२ प्रतिशतले र आयातमूल्य सूचकाङ्क ३.७० प्रतिशतले घटेको छ । २०७६ बैशाख महिनामा १.४० प्रतिशतले घटेको व्यापारको शर्त २०७७ बैशाख महिनामा १.३० प्रतिशतले बढेको छ ।

Previous articleहिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता, उडान अनुभवलाई उत्कृष्ट बनाइने
Next article२४ जिल्लामा फैलियो सलह, कता छन् ठूलो झुण्ड ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here