सांसद तिवारीलाई गृह जिल्लामा स्वागत

नेपालगन्ज । प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीलाई नेपालगन्जमा स्वागत गरिएको छ । नागरिक समाजको तर्फबाट सांसद तिवारीलाई बुधबार राझाँ बिमानस्थलमै स्वागत तथा सम्मान गरिएको हो ।

सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले विमानस्थलमा स्वागत तथा सम्मान गरेको हो । सांसद पदमा सपथ लिएपछि बुधबार पहिलो पटक गृह जिल्ला बाँके आउनुभएका उहाँलाई नागरिक समाज तथा अभियन्ताहरुको समुहले सम्मान गरेको छ ।

सांसद तिवारीलाई देशमा सुशासन, भ्रष्टाचारको अन्त्य, अधिकारसंग जनतासंग प्रत्यक्ष सरोकार राख्ने काम लगायतका सवालमा नितिगत सुधार र परिवर्तनका लागि पहल गर्न सुझाव प्रदान गरिएको छ ।

त्यसक्रममा सांसद तिवारीले सांसद पदमा पुग्नुभन्दा अघि यही क्षेत्रबाट अधिकारको क्षेत्रमा काम गरेको स्मरण गर्दै मेरो पहिलो प्राथमिकता नै नागरिकका सामान्य आवश्यकता र सवालमा विशेष काम गर्ने बताउनुभयो । उहाँले बाँके जिल्लाको विकास निमार्णसंगै नागरिकहरुको सरल र सुलभ सेवा प्रदान गर्न मुख्य भुमिका निर्वाह गर्ने प्रतिबद्धता गर्नुभयो ।

सांसद तिवारीलाई अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेश कुमार मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, ज्येष्ठ नागरिक अगुवा कृष्णमुरारी प्रसाद भट्ट, समाजसेवी अभियन्ता उमानाथ तिवारी, धु्रबराज शर्मा, शैलेन्द्रकुमार बैश्य, अरुण तिवारी, हरपाल केसी, मनोज तमोली नारयाण पाल, एश्वर्य ज्ञवाली, नरिसिंह सोनी लगायतले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा सांसद तिवारीलाई फुलमाला र गम्छाले स्वागत गरि सम्मान गरिएको थियो । त्यसक्रममा नेपालमा विधीको शासन तथा कानून कार्यान्वयनका लागि नेपालको संविधान २०७२ को अवधी अनुवाद प्रदान गरिएको थियो ।

यसैगरि नेपालगन्जमा ट्रकको ठक्करबाट मृत्यु भएका विद्यार्थी तेजन थापा मगरका परिवारलाई घरमै पुगेर सांसद तिवारीले भेटघाट गरि मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँको घरमृतकका आफन्तले माग गरेको क्षतिपुर्तिका बारेमा कानूनअनुसारको क्षतिपुर्तिको व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

Previous articleजानकीले सम्झाैता गरेका प्रकाशित सूचनाकाे मात्र भुक्तानी दिने
Next articleएक वर्षमा १ सय ५७ जना नयाँ कुष्ठरोगीको उपचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here