जानकीले सम्झाैता गरेका प्रकाशित सूचनाकाे मात्र भुक्तानी दिने

नेपालगन्ज । बाँकेकाे जानकी गाउँपालिकाले गाउँपालिकाकाे कुनैपनि प्रकारकाे सूचना प्रकाशन पुर्व सूचिकत तथा सम्झौता गरेर मा प्रकाशन गर्न अनुराेध गरेकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले एक सूचना जारी गर्दै गाउँपालिका तथा वडामार्फत प्रकाशन हुने बिज्ञापन तथा सूचनाकाे सम्झौता नभए भुक्तानी नहुने जनाईएकाे छ ।

‘यस जानकी गाउँपालिका, मानपुर बाँके तथा गाउँपालिका अन्तर्गतका सबै वडाहरुको कुनैपनि विज्ञापन, सूचनाहरु पत्रपत्रिका तथा अनलाइन मिडियामा प्रकाशन गर्नु अगाडि गाउँपालिकामा सुचिकृत तथा गाउँपालिकासँग सम्झौता गर्नुहुन जानकारी गराइन्छ ।

गाउँपालिकामा सुचिकृत तथा सम्झौता नगरी कुनै पनि विज्ञापन, सूचना प्रकाशन गरेमा गाउँपालिका भुक्तानी दिन असक्षम हुने सबै सरोकारवालाहरु लाई जानकारी गराइन्छ ।’ जारी बिज्ञप्तीमा उल्लेख छ ।

Previous articleनेपालगन्जका आठ शिशुमा दादुरा संक्रमण, ३१ महिने एक शिशुको मृत्यु
Next articleसांसद तिवारीलाई गृह जिल्लामा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here