खजुरामा पनि दाउरा बितरण

खजुरा । बाँकेको खजुरा गाउँपालिकाले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै सबै वडाको चोकचोकमा दाउरा वितरण शुरु गरेको छ ।

गाउँपालिकाले डिभिजन वन कार्यालयको आपूर्ति समितिबाट दाउरा मुढा ल्याएर वितरण भइरहेको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले बताउनुभयो ।

चिसो बढेका कारण मानिसको जनजीवन कष्टकर बनेको छ । चिसोबाट केही राहत होस भनेर वडाको सम्पूर्ण चोक चोकमा दाउरा बितरण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढी भिडभाड हुने ठाउँहरुमा शुक्रबारसम्म खजुराका ८ वटै वडाभित्र ठाउँठाउँमा दाउरा राखिने छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले पनि नेपालगञ्जका चोकचोकमा दाउरा बितरण गरेको छ ।

Previous articleएक वर्षमा १ सय ५७ जना नयाँ कुष्ठरोगीको उपचार
Next articleपूर्ण हात धुने अभियानकाे प्रगति अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here