
बाँके । बाँके प्रहरीले रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीबाट छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
छालाको मोलमोलाई भएको अवस्थामा प्रहरी पुगेर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकाहरुबारे अनुसन्धान थालेको छ भने पक्राउ परेको छाला र व्यक्तिहरुलाई आज साँझ पत्रकार सम्मेलनमार्फत सर्वाजनिक गर्ने तयारी गरेको छ ।





