बाँकेमा ठूलो परिमाणको अफिमसहित दुईजना पक्राउ

बाँके । बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङका २४ बर्षीय बसन्त घर्ती र रुकुमपूर्वका ५३ बर्षीय धनबहादुर सेनलाई अफिमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार पत्रकार सम्मेलनमार्फत दुबै जनालाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट १० किलो लागुऔषध अफिम बरामद गरिएको प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हरि बस्नेत नेतृत्वको टोलीले उनीहरुलाई बाँकेको कुसुमबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि लागुऔषध कारोवारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । उनीहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Previous articleबाँकेमा रेडपाण्डाको छालासहित चार जना पक्राउ
Next articleलकडाउनले निम्ताएको वास्तविकता, सरकार टुलुटुलु हेरेर बस्दा जनता भोक प्यासले छट्पटाए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here