जिल्लाभरिमै आधा संक्रमित नेपालगञ्जका !

बाँके । जिल्लामा सबैभन्दा बढि नेपालगञ्जमा कोरोना संक्रमण देखिएको छ ।

आठ स्थानीय तहमध्ये जिल्लाको आधा संख्याका कोरोना संक्रमितहरु नेपालगञ्ज उपमहानगरपालिका भित्र भेटिएका हुन ।

नेपालगञ्जमा हालसम्म ६६७ जना कोरोना संक्रमित भेटिएका छन् । जबकी जिल्ला भरि नै १ हजार ४ सय १९ जनामा संक्रमण भेटिएको छ । यो संख्या दैनिक बढिरहेको छ ।

नेपालगञ्ज क्वारेन्टिनमा हालसम्म २ हजार २ सय ७९ जना बसेका छन् । क्वारेन्टिाईन व्यवस्थापक तेज वलीका अनुसार नेपालगञ्जमा भेटिएकाहरुमध्ये अहिले २ सय ५४ जना आइसोलेसनमा बसेका छन् ।

नेपालगञ्जको जनसंख्या बढि हुने र सावधानी कम अपनाउने कारणले पनि कोरोना संक्रमण फैलिनुको मुख्य कारण मानिन्छ ।

Previous articleप्रदेशस्तरीय दुई दिने भर्चुअल युवा सम्मेलन : सुलभ कर्जामा सहज पहुच हुनु पर्नेमा जोड
Next articleबाँकेमा रेडपाण्डाको छालासहित चार जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here