‘अझै पनि लैङ्गिक अल्पसंख्यकलाई समान अवसर छैन’

नेपालगञ्ज । लैङ्गिक अल्पसंख्यकलाई लुम्बिनी प्रदेश सरकारले समान रोजगारको अधिकार प्रदान गर्न नसेकेको अल्पसंख्यकहरुले बताएका छन् ।

शनिबार नेपालगन्जमा सम्पन्न पश्चिम तारा संस्थाको १६औं वार्षिकोत्सवमा बोल्ने क्रममा वक्ताहरुले अझै पनि लैङ्गिक अल्पसख्यकहरुलाई सरकारले अन्य नागरिक सरह सेवासुविधा दिन नसेकेको उनीहरुले गुनासो गरेका हुन् ।

नेपालगन्जमा रहेको पश्चिम ताराका अध्यक्ष राजेन्द्र धोवी (रजनी कनोजिया) को अध्यक्षमा सम्पन्न वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका जिल्ला प्रशासन बाँकेका सहायक प्रमुख टोपेन्द्र केसीले पानसमा बत्ति बालेर कार्यक्रममको उद्घाटन गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्दै योनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघकी अध्यक्ष मनिषा ढकालले समाजिक सुरक्षा, व्यक्तिगत लाल्छना जस्ता भेदभावका घटनाहरु अल्पसंख्यक व्यक्तिहरुले सहँदै आएको बताउनुभयो । साथै उहाँले नागरिकता लिनुपर्दा अल्पसंख्यक व्यक्तिले नांगिनुपर्ने बाध्यताले नागरिक अधिकारको उलंघन गरेको बताउनुभयो ।त्यस्तै कार्यक्रममा सहायक प्रमुख केसीले सरकारले अल्पसंख्यक व्यक्तिका लागि अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । साथै उहाँले अल्पसंख्यक व्यक्तिका हकअभिकारका विषयमा पश्चिम ताराले उल्लेखनिय काम गर्दै आएको बताउनुभयो ।

पश्चिम ताराकी संयोजक परिना चौधरीले लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई एचआइभि एड्स एवम् अन्य रोगबाट बचाउन आफूहरुले काम गर्दै आएको स्मरण गर्नुभयो ।

कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक सम्पदा झल्काउने नाच प्रस्तुत गरिनुका साथै पश्चिम ताराका संस्थापक अध्यक्ष राजु लामा र पूर्व अध्यक्ष सपना चौधरीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाल योन रोग तथा एड्स अनुसन्धान केन्द्र, किशोर सञ्जाल, भेरी अस्पताल, बर्दिया अस्पताल, मानव अधिकार आयोग, नेपालगन्ज उप-महानगरपालिका, कोहलपुर नगरपालिका लगायतका संस्थाका प्रतिनिधिको सहाभागिता रहेको थियो ।

सन् २००८ सालमा स्थापना भएको पश्चिम तारा संस्थाले अल्पसंख्यक व्यक्तिहरुका हकअधिकार एवम् उनीहरुको संरक्षणका निमित्त काम गर्दै आइरहेको छ ।

Previous articleपत्रकार महासंघ बाँकेद्धारा बिभिन्न व्यक्तिहरु सम्मानित
Next articleसहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकबीच दुई दिने छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here