
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका बिभिन्न वडामा महिला बिकास कार्यक्रमबाट प्रर्वद्धित सहकारी संस्था तथा समितिका अध्यक्ष, सचिव र व्यवस्थापकबीच दुई दिन छलफल गरिएको छ ।
महिला बिकास कार्यक्रममार्फत प्रर्वद्धित त्यस्ता सहकारी संस्थालाई आवश्यक प्ररामर्श तथा गरिरहेका कार्यका बारेमा समिक्षा गर्नका लागि बिहीबार र शुक्रबार दुई दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
शुक्रबार कार्यक्रमको समापनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले पनि आवश्यक सल्लाह सुझाव दिनुभएको थियो । अन्तरक्रियामा संस्थाको महत्व तथा संचालनका लागि आवश्यक पर्ने कार्यहरुका बारेमा सामाजिक बिकास अधिृकत कृष्ण प्रसाद जोशीले सहजीकरण गर्नुभएको थियो ।
उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्ज पाण्डेका अनुसार महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउन तथा अघि बढ्न सानो-सानो कार्यबाट शुरुवात गर्नुपर्छ भन्ने जानकारी होस भन्नका लागि पनि अद्र्धवार्षिक रुपमा छलफल गरिएको हो ।






