
सुर्खेत । कर्णाली प्रदेशका ७९ ओटै पालिकामा कार्यरत स्वयम् सेवकहरुकालागि दुई दिने क्षमता अभिबृद्धी तालिम सुर्खेतमा शुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित बाल संरक्षण तथा लैंगिक हिसा न्यूनिकरण कार्यक्रम अन्तर्गत उक्त तालिम गरिएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै युनिसेफ नेपाल फिल्ड कार्यालय नेपालगञ्जमा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दिपक श्रेष्ठले समुदायमा महिला तथा बालवालिकामाथि हुने हिंसाका घट्नाको जानकारी दिने र सम्बोधन गर्न स्वयम्सेवकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
तालिममा प्राविधिकसँगै समुदाय तहमा काम गर्दा भोगेका, देखेका बिषयहरुमा खुलेर जानकारी आदान प्रदान गर्न उहाँले अनुरोध गर्नुभयो । बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणको बिषयमा सबै युवाहरुले आआफ्नो तहबाट आवाज उठाउदै गएमा समस्या न्यूनीकरण हुदै जाने उहाँको भनाई थियो ।
समुदाय तहमा सचेतना फैलाउन स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सक्रिय भएर काम गर्न सहभागिहरुलाई अनुरोध गर्नुभयो । व्यक्तिको अनुभव र बुझाइमा फरक पर्दा ब्यवहार समेत परिवर्तन हुने भएकाले बुझाईमा प्रष्टता जरुरी रहेको उहाँको भनाई थियो । कोबो टुलमा काम गर्न तालिमले थप सहजता ल्याउने भन्दै तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै युनिसेफ नेपालका कुंगा सन्दुप लामाले स्वयम् सेवाहरुसँगको दुई दिने तालिमले समुदाय तहमा पहिचान भएका मुद्धा, रिर्पोटिंग प्रक्रिया र समाधानको पहलका बिषयमा थप प्रष्टता ल्याउने बताउनुभयो । उहाँले तालिममा काम गर्दाका अनुभवहरु आदान प्रदान गर्दै खुलेर तालिममा छलफल गर्न सहभागिहरुलाई अनुरोध गर्नुभयो ।
बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीको अध्यक्षता तथा युनिसेफ नेपाल फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बासका कार्यक्रम संयोजक हेमराज भट्टले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा सञ्चालित बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनिकरण कार्यक्रम अन्तर्गत पालिका तहमा रहेका स्वंयम् सेवकहरुले गरिरहेका कामहरु तथा तालिमको उद्धेश्यका बारेमा प्रष्ट पार्नुभयो ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको तालिमको उद्घाटनमा स्वागत बास सुर्खेत शाखाका अध्यक्ष भगवती बिसीले गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने तालिममा युनिसेफ नेपालका लामा र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका महिला विकास अधिकृत अनिता ज्ञवालीले सहजिकरण गरिरहेको सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।





