सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड मनोज डंगोललाई प्रदान

काठमाडौँ । मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ ।

देशको संघीय राजधानी काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड-२०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड तथा बृहत सांस्कृतिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत हुनुहुन्छ । उहाँले बिरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी उहाँले पाँचौ मनास्लु राष्ट्रिय अर्वाड-२०७८ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रालिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड-२०२२ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरिसक्नुभएको छ ।

Previous articleराप्ती सोनारीमा माँघी मिलन, थारुहरु एकताबद्ध भएर बढ्न अधयक्ष शाहको जोड
Next articleराष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित आजदेखि नेपालगञ्जमा ‘माघ महोत्सव’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here