
नेपालगञ्ज । आजदेखि नेपालगञ्जमा दुई दिने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सव शुरु हुँदैछ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगन्जमा दुई दिने माघ महोत्सव आयोजना गरिएको हो ।
थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा हुन लागेको महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत रहने सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिनुभयो ।
महोत्सवमा राष्टिूय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकारको उपस्थिति रहने छ । उहाँले महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि राष्टिूय तथा स्थानिय कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रद्धशनी हुनेछ ।
महोत्सवको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरी, पुर्व मन्त्री फत्तेसिंह थारु र समाजसेवी गोपाल दहितको उपस्थिति रहनेछ । साथै सोही अवसरमा बिभिन्न बिधाका उत्कृष्ट व्यक्तित्वलाई समान कार्यक्रम रहेको जनाइएको छ ।
महोत्सवमा थारु परिकार ढिक्री, घोङघी, सिद्रा माछाको चटनी, आलुको अचार लागयत परिकारहरु प्रदर्शनीका साथै विक्रि वितरणको लागि रहनेछ ।





