बाँकेमा लकडाउन अवधिमा ६९ वटा बाल विवाह, ११ जिम्मेवार कार्यालयलाई ज्ञापनपत्र (फोटो पिचरसहित)

ज्ञापन पत्र बुझ्दै नेपालगञ्जका मेयर र उपमेयरद्धय

बाँके । जिल्लामा बाल विवाह न्यूनिकरणबारे किशोरी क्लब संजाल बाँकेले ८ स्थानीय तहसहित ११ वटा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

जिल्लामा लकडाउनका समयमा पनि बाल विवाहको घट्ना बढेको भन्दै बाँके जिल्लाका किशोरीहरुबाट जिल्लाव्यापी सोमबार बाँकेका ८ स्थानीय तहसहित ११ वटा कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

सोमबाार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, बाँके प्रहरी प्रमुख ओम बहदुर राना, नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, कोहलपुरका मेयर लुट बहादुर रावत, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष घनि कुमारी खत्री र डुडुवा गाउँपालिकालाई एकै दिन ज्ञापनपत्र बुझाईएको छ ।

बाँकेमा गत वर्षको तुलनामा बाल विवाह न्यूनिकरणमा केही प्रयास देखिएता पनि कार्यान्वयनमा प्रयास नभएको भन्दै संजालले ज्ञापनपत्रमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

किशोरी संजालकी उपाध्यक्ष सृजना बुढामगर र सचिव चेतना क्षेत्रीको अगुवाईमा बुझाईएको ज्ञापनपत्रमा लकडाउन यता जिल्लामा ६९ वटा बाल विवाहका घट्ना घटेको उल्लेख छ । जिल्लाको नरैनापुर गाउँपालिकामा बाल विवाहका घट्ना घटेको भएपनि सो सूचना लुकाएको पाईएको ज्ञापनपत्रमा लेखिएको छ ।

मुलुकी अपराध (संहिता) ऐनमा स्पष्ट लेखिएको भएपनि सरोकारवालाको हेलचक्राईले लकडाउनको अवधिमा पनि बाल विवाहको घट्ना बढेको भन्दै ११ बुँदामा नियन्त्रणका उपायहरु अपनाउन माग गरिएको छ ।

बाल विवाह विरुद्ध संगठित किशोरी क्लब सञ्जाल, बाँकेले जिल्लामा केही दिन यता बालवालिकाको सन्दर्भमा देखिएका समस्याहरुको बिषयमा तथा राष्ट्रीय बाल दिवसको नारा (विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता) लाई अङ्गिकार गर्दै ज्ञापनपत्र बुझाएको संजालको बिस्तार तथा बाल विवाह न्युनिकरणमा सहजीकरण गर्दै आएको सामाजिक सचेतन सरोकार मंञ्च (स्याक) नेपालका कार्यक्रम संयोजक जगदिश थापाले जानकारी दिनुभयो ।

Previous articleभेरीको परीक्षणबाट सोमवार २४ जनामा कोरोना पुष्टि
Next articleनेपालगञ्ज–७ का वडाअध्यक्षको दावी ९० प्रतिशत बिकासको काम, तर घर–घरमा पस्यो नालाको पानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here