भेरीको परीक्षणबाट सोमवार २४ जनामा कोरोना पुष्टि

बाँके । सोमवार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा २४ सहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेको खजुराका ८, नेपालगञ्जका ८, कोहलपुरका ७ र ढकेरीका १ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख, बर्दिया र बैतडीका एकएक जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय जनामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको अस्तालको सूचनामा उल्लेख छ ।

Previous articleलकडाउनले निम्ताएको वास्तविकता, सरकार टुलुटुलु हेरेर बस्दा जनता भोक प्यासले छट्पटाए !
Next articleबाँकेमा लकडाउन अवधिमा ६९ वटा बाल विवाह, ११ जिम्मेवार कार्यालयलाई ज्ञापनपत्र (फोटो पिचरसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here