
नरैनापुर । बाँकेकाे नरैनापुर वडा न-६ नयाँ बस्तीबाट प्रहरीले अबैध काठसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले नयाँ बस्तीका माईला डक्टर भन्ने बिद्या प्रसाद राढको भुस राख्ने फुसले छाएको कच्ची गोठबाट अबैध काठ बरामद गरि काठसहित तीन जनालाई नियन्त्रणमा लिएकाे हाे ।
गाेप्य सूचनाका आधारमा बिहीबार साढे दुई बजेकाे समयमा प्रहरीले घरमा खानतलासी गर्दा लुकाई छिपाई राखिएको ३३ थान सालकाे कडी बरामद गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय भगवानपुरका प्र.नि.विर बहादुर सुनारको कमाण्डमा खटिएको प्रहरी र नरैनापुर सब डिभिजन वन कार्यालय बाँकेका रेन्जर जगबिर खत्रीको कमाण्डमा खटिएको संयुक्त टोलीले भारत श्रावस्ती, मल्लिपुर थाना ब ४० वर्षीय नन्के सिंह, साेही ठाउँका अन्दाजी ६० वर्षीय बलराम सिंह र ३० वर्षका चन्दन सिंहसहित सालको (कडी) ३३ थान (१७.१५ क्युफिट) काठ नियन्त्रणमा लिई डिभिजन बन कार्यालय बाँकेलाई बुझाएको प्रहरीले जनाएको छ ।





