लक्षितको आधालाई दादुरा-रुवेलाबिरुद्धको खोप प्रदान

नेपालगञ्ज । दादुरा संक्रमण देखिएपछि नियन्त्रणका लागि बाँकेमा संचालन भएको खोप अभियान अन्तर्गत लक्षित जनसंख्याको आधालाई दादुरा रुबेलाबिरुद्धको खोप लगाइएको छ ।

स्वास्थय कार्यालयका अनुसार खोप अभियान संचालन भएको केही दिनमै लक्षित जनसंख्याका आधालाई खोपको पहुँच ल्याइएको हो । स्वास्थय कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पौष २८ गतेसम्म ९ हजार ९ सय ६३ जनालाई खोप लगाइएको छ ।

नेपालगञ्जको वडा नं १, ४, ५, ७, ८, ११, १४ र १५ मा संचालन भएको खोप अभियानमार्फत बिहीबार २८ गते मात्र १ हजार २ सय ९७ बालिका र १ हजार ५ सय ३ बालक गरी दुई हजार आठ सय जनालाई खोप लगाइएको छ ।

खोप फोकल पर्सन श्रेष्ठका अनुसार १८ हजार ३ सय ९० लक्षित जनसंख्या रहेकोमा अब ८ हजार ४ सय २७ जनालाई खोप लगाउन बाँकी रहेको छ । खोप अभियानमा करिब ५४ प्रतिशत प्रगति भएको जनाइएको छ ।

यस्तै बिहीबार थप जिल्लाका १८ जनामा दादुरा संक्रमण देखिएको छ । बिहीबार बाँकेको कोहलपुर वडा नं १४ का एक जनामा पनि संक्रमण देखिएको हो । यसअघि खजुराका दुई जनामा संक्रमण देखिएको थियो ।

जिल्लामा दादुराबाट संक्रमित हुनेको संख्या १ सय ३३ जना पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार बिहीबारसम्म नेपालगञ्जका १ सय ३० जनामा संक्रमण देखिएको छ ।

नेपालगञ्जको वडा नं १ मा ३, वडा नं ३ मा ७, वडा नं ४ मा १, वडा नं ५ मा २०, वडा नं ७ मा २८, वडा नं ८ मा २९, वडा नं ९ मा ४, वडा नं १० मा ६, वडा नं ११ मा २१, वडा नं १४ मा ४, वडा न १५ मा २, वडा नं १६ मा १, वडा नं २१ म १ र वडा नं २२ का १ जनामा संक्रमण देखिएको हो ।

भेटिएका संक्रमितमध्ये ८२ जना निको भइसकेको जनस्वास्थ्य निरीक्षक बस्नेतले जानकारी दिनुभयो । ६१ जना उपचाररत रहेका छन् भने एक शिशुको मृत्यु भइसकेको छ । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई स्वास्थ्य संस्थामार्फत खोप अभियान संचालन गरिएको छ ।

Previous articleलुम्बिनी र कर्णालीका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण
Next articleनदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here