
नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्रिएको एक लाख बढिकाे सामान पक्राउ गरेकाे छ ।
नेपालगन्ज वडा न-१५ मा रहेकाे ईलाका प्रहरी कार्यालय जमुनाहाले विभिन्न समयमा सुर्ति, कपडा लगायतका करिब एक लाख बढि बराबरको भन्सार छलिकाे सामान पक्राउ गरेकाे हाे ।
प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको चिनि ३ बोरा, सेलो पेन १० काटुन, सुपर पावर सुर्ति १००, जेन्स सुट कपडा ६ थान,भेलि ८० के.जि. अं., लेडिज उनि सुट १४ पिस र पिठो २ बोरा गरि अन्दाजी एक लाख बाह्र हजार नौ सय पचास बराबरको सामान पक्राउ गरेकाे छ ।
बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएकाे बाँके प्रहरी प्रवक्ता राम प्रसाद घर्तिले जानकारी दिनुभयाे ।





