हवाइजहाज दुर्घटनाका मृतकको सम्झनामा दिप प्रज्वलन

नेपालगञ्ज । पोखरामा यति एयरलाइन्सको हवाइजहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुहरुको सम्झनामा नेपालगञ्ज तथा कोहलुरमा दिप प्रज्वलन गरिएको छ ।

माघे संक्रान्तिकै दिन आइतबार पोखरमा भएको यति एयरलाईन्सको हवाईजहाज दुर्घटनमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी यात्रुहरुको सम्झनामा सोमबार साँझ नेपालगञ्ज तथा कोहलपुरमा दिप प्रज्वलन गरिएको हो ।

नेपालगञ्जको वडा नं १, २ र १२ को सिमाना रहेको बिरेन्द्र चोक तथा कोहलपुरको वडा नं २ स्थित शिद्ध मन्दिर चोकमा दिप प्रज्ज्वलन गरिएको छ ।

नेपालगञ्जमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगञ्ज र भोलिन्टियर्स सोसाइटी अफ बाँके नेपाल र कोहलपुर रेसिङ साहारा क्लबले संयुक्तरुपमा आयोजना गरेको दिप प्रज्ज्वलन तथा शोक सभामा गरिएको थियो ।

सभामा मृतकहरुको आत्माको चिरशान्तिका लागि मौन धारण गरिएको संगठन नेपालगञ्जका अध्यक्ष रवि शंकर बर्माले जानकारी दिनुभयो । शोकसभामा नेता, सामाजसेवी, वुद्धिजिवी, शिक्षक, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

Previous articleइन्धनको मूल्य बढेर आयाे
Next articleदादुरा-रुवेलाबिरुद्धको खोप अभियान थप प्रभावकारी बनाइदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here