नेपालगन्जकाे एक हाेटेलबाट नक्कली नाेट छाप्ने मेसिन बरामद

नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा नक्कली नाेट छाप्ने मेसिन बरामद भएकाे छ । बाँके प्रहरीले नेपालगन्जकाे हाेटेल पाहुना घरकाे एक काेठामा छापा मारेर नक्कली नाेट छाप्ने मेसिन पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार काेठाबाट मेसिनसहित नक्कली नाेट समेत फेला परेकाे छ । पुस २९ देखि काेठामा नक्कली नाेट छापेकाे पाईएकाे छ । हाेटलका कर्मचारीलाई शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीद्वारा काेठाकाे चेक भएपछि घटना सार्वजनिक भएकाे हाे ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्ताेष सिंह राठाेरले घट्नाबारे अनुसन्धान भईरहेकाे जानकारी दिनुभयाे ।

Previous articleनरैनापुरमा स्थापना हुने इलाका प्रशासन भवनको निरिक्षण
Next articleभन्सार छलिको एक क्विन्टल चिनी लगायत सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here