
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जकाे भारतबाट अबैध रुपमा भन्सार छलि ल्याईएकाे सामान पक्राउ गरेकाे छ ।
नेपालगंज वडा न-१६ जयसपुरस्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याईएकाे ८० हजार बराबरको सामान पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार लेडिज कुर्ता सुरवाल-९० पिस र चिनी १ क्विन्टल पक्राउ गरिएको छ । उक्त सामानलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाईएकाे छ ।





