
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको सरसफाई बारे सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज १२ का नमस्कार शाहले सूचना माग गर्दै निबेदन दर्ता गराउनुभएकाे हाे ।
शाहले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडाहरुमा रहेका शौचालयहरुको संख्यासहितको बिबरण, हाल सञ्चालित शौचालयहरुको संख्या, बिबरण, सञ्चालन हुन नसकेका शौचालयहरुको संख्या सहितको बिबरण माग गर्नुभएकाे छ ।
सञ्चालित शौचालयहरुको अवस्था, सञ्चालन प्रकृया, नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझिमा रहेको अत्याधुनिक शौचालय निर्माणका लागि लागेको लागत रकम, हाल सो शौचालय सञ्चालन नहुनुको कारण खोजिएको छ ।
सञ्चालन नभएको सो शौचालय सञ्चालनका लागि उपमहानगरपालिकाको योजना माग्दै सूचना मागकर्ता शाहले सरसफाई शाखामा कार्यरत कर्मचारीहरुको बिबरण, घुम्ति शौचालयहरुको अवस्था र सरसफाईका लागि यस आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमको बिबरण माग गर्नुभएकाे छ ।





