
नेपालगन्ज । बाँके प्रहरीले बिहीबार ब्राउन सुगरसहित एक जना पक्राउ गरेकाे छ ।
प्रहरीले दाङ घोराही उपमहानगरपालिका वडा न-१४ नयाँ बजारका १९ वर्षीय महेन्द्र बुढा मगरलाई पक्राउ गरेकाे हाे ।
मगरलाई ९ ग्राम लागू औषधसहित ईलाका प्रहरी कार्यालय जमुनाहाकाे टोली र लागू औषध नियन्त्रण ब्युरोकाे टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका बुढालाई नेपालगन्ज १५ जमुनाहास्थित प्रहरी चेकपोष्टमा चेकजाँच गर्दा लागू औषध भेटिएको प्रहरीले जनाएको छ ।





