प्रतिनिधिसभा सदस्य राठौरद्वारा खजुरास्थित जनक शिक्षाकाे छापाखाना भवनको निरीक्षण

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले खजुरा बजारस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखाना भवनको निरीक्षण गर्नुभएकाे छ ।

प्रतिनिधि सभा सदस्य राठौरले निरीक्षणका साथै त्यसको सञ्चालनका लागि आवश्यक विषयमा सम्वद्धहरुसंग छलफल गर्नुभएको छ । उहाँले त्यस क्रममा छापाखाना सञ्चालनका लागि आवशयक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

यसका साथै सहमहामन्त्री राठौरले खजुरा बजारमा रहेको व्याडमिन्टन कभर्ड हललाई स्तरोन्नति गर्न आवश्यक पहल गर्न पनि बताउनु भएको छ ।

स्थलगत अवलोकनका क्रममा खजुरा बजार, क गाउँमा रहेको कभर्ड हलमा पुग्नु भएका सहमहामन्त्री राठौरले कभर्ड हलको स्तरोन्नतिका लागि आफूले तत्काल पहल अघि बढाउने बताउनुभयो ।

उहाँले खेलकूद स्वास्थ्य, अनुशासन र पहिचानका लागि आवश्यक भएकाले खेल क्षेत्रको विकास जरुरी रहेको बताउनु भयो ।

सहमहामन्त्री राठौरले क्षेत्र नम्बर ३ मा रहेको खेल क्षेत्रको सम्भावनालाई अवसरमा बदल्न खेलाडीहरु तयार हुनु पर्ने र त्यसका लागि सहजीकरण गर्न आफू तयार रहेको बताउनुभयो ।त्यस क्रममा उहाँले खजुरा व्याडमिन्टन क्लवका पदाधिकारीसंग पनि छलफल गर्नु भयो ।

Previous articleब्राउन सुगरसहित दांङका एक युवक पक्राउ
Next articleखजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here