
बारबर्दिया । शैक्षिक क्षेत्रको बिकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँके सम्मानित भएका छन् ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ बर्दियाको बारबर्दिया नगरपालिकामा आयोजना गरिएको दोस्रो राष्ट्रपति रनिङशिल्ड तथा तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन अवसरमा शैक्षिक क्षेत्रको बिकासका लागि उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो ।
सरस्वती माध्यमिक बिद्यालय बारबर्दिया १ जमुनियाको संयोजनमा शुरु भएको प्रतियोगितामा लामो समयदेखि प्लान इन्टरेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेलाई पालिकास्तरको शैक्षिक गुणस्तर बृद्दि गर्न पालिकास्तरको शिक्षा योजना, शिक्षा नीति, स्थानीय पाठ्यक्रम निर्माण र भौतिक क्षेत्रको बिकासका लागि टेवा पुर्याएको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सेना, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु तथा नगर उपप्रमुख रत्न कुमारी पाण्डेले संयुक्त रुपमा दुबै संस्थालाई सम्मान पत्रले सम्मान प्रदान गर्नुभएको थियो ।
उद्घाटनका क्रममा सम्बोधन गर्दे प्रदेश सभा सदस्य तिमल्सेनाले बारबर्दियाको समग्र बिकासका लागि स्थानीय तह, प्रदेश सरकार, र संघसंग मिलेर काम गर्ने भनेर गरेका बाचाहरु पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले बिषेश गरि शिक्षा स्वास्थ्य, महिलाहरुका समस्या, बिपन्न, गरिब तथा सुकुम्बासीका समस्याहरु समाधान गर्नका लागि आफ्नो पहिलो प्रथामिकता रहने बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर बिष्टले शिक्षासंग खेलकुद पनि महत्वपूर्ण रहेको र शिक्षालाई प्रभावकारी बनाउन बिभिन्न निकाय तथा सामाजिक संस्थहरुले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले प्लान नेपाल तथा स्याक नेपाल बाँकेले संचालन गरेको बिभिन्न कार्यक्रमहरुको अनुगमन तथा निरिक्षण गर्ने अवसर सृजना भएको भन्दै दिर्घकालिन रहिरहन र प्रत्यक्ष रुपमा गुणस्तरीय शिक्षाका लागि टेवा पुर्याइरहेकाले धनन्यवाद ज्ञापन गर्नुभयो ।
समापनमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख थारुले शिक्षासंगै खेलकुद पनि उत्तिकै महत्वपुर्ण रहेको भन्दै बार्षिक रुपमा यस्ता प्रतियोगिताले बिधालयस्तरका बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा बिकास गनुपर्ने बताउनुभयो ।
साथै शिक्षाको क्षेत्रमा लगानी गर्ने प्लान तथा स्याक नेपाल बाँकेले नगरमा गरिरहेको शैक्षिक क्रियाकलापको प्रशंशा गर्दै केहि दिनअघि मात्र संस्थाको सहयोगमा प्रबिधिमैत्री शैक्षिक क्रियाकलापका लागि Learning Kiosk स्थापना गरि शुरु गरिएको यसकार्यको प्रभावपछि यसलाई स्थानीय सरकाले प्राथामिकता दिने बताउनुभयो ।
उद्घाटन शत्रमा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख विष्ट, मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलक लम्साल, बारबर्दिया नगरपालिका पूर्व नगर प्रमुख दुर्गा बहादुर थारु (कविर), बारबर्दिया नगरपालिका नगर उपप्रमुख पाण्डे, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, १६ वटा बिधालयका प्रधानाध्यापक, खेल शिक्षक, बिधालयका बालबालिका अभिभाावक र शिक्षकहरुको सहभागिता रहेको थियो ।





