नेपालगन्जकि भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान

नेपालगञ्ज । नेपालगञ्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गर्नु भएको छ । अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न “दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९“ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो ।

देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पुर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई सम्मान गर्नुभएको हो ।

अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका यूवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारीमुखी बन्ने कार्यमा पुर्याउनु भएको योगदान स्वरुप सम्मान गरिएको हो ।

नेपालगञ्जस्थित गुड आइडियल व्यूटी ट्रेनिङ सेन्टर स्थापना गरि प्रशिक्षणमार्फत रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्वदेशमै स्थापीत गरि यूवाहरुलाई उद्यमशील बनाउने अभियानमा योदान पुर्याउनु भएकोमा भण्डारीलाई सममान गरिएको बताइएको छ ।

Previous articleनेपालगन्जमा हुन लागेकाे महाेत्सवमा चर्चित भाेजपुरी गायक खेसारी र माेडेल प्रिती आउने
Next articleयोगिनी कप फुटबल प्रतियोगिताको तयारी शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here