मेलालाई आकर्षक बनाउने छौं : संयोजक कंडेल

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडियाप्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा व्यापकता दिएको जनाएको छ ।

समितिका अनुसार सोचेको भन्दा बढी प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ । प्रचारप्रसार समिति संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई भन्नुभयो, ‘प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रोसंग भईरहेको छ ।’

कारण समेत खुलाउँदै उहाँले भन्नुभयो, ‘मिडियाकर्मीहरु समेत खटिएर प्रचारप्रसारमा सहयोग गर्नुभएको छ । यसका साथै प्रचार गाडी, अटोहरु पनि ठाँउ ठाँउमा बिहानैदेखि प्रचारप्रसारमा कुदाएका छौं ।’

‘यसमा अनलाईन, छापा, सोसल मिडिया, रेडियो, टिभि लगायतका पत्रकारहरुले सहकार्य गनुभएको छ । हामीले अहिलेसम्म प्रचारप्रसारमा सन्तोषजनक काम भईरहेको अनुभुति गर्न पाएका छौं ।’ कंडेलले भन्नुभयो ।दर्शकहरुलाई आर्कषण गर्न ठाँउ ठाँउमा व्यानर समेत राखिएको छ । मुख्यत चारै तिर जोड्नका लागि राप्तीसोनारी, कोहलपुर, खजुरा र रुपैडिहा तर्फबाट आउनेहरुको ध्यान तान्नका लागि ब्यानर राखिएको संयोजक संडेल जानकारी दिनुभयो ।

यस्तै स्वागतका लागि बाटोमा स्वागत गेट निर्माण हुने क्रममा रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि.को सहआयोजनामा यही माघ १० गते देखि २४ गतेसम्म महोत्सव हुन लागेको हो ।

नेपालगञ्ज वडा नं १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा हुन लागेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ मा चर्चित राष्ट्रिय, अन्तरराष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाइएको छ ।

Previous articleयोगिनी कप फुटबल प्रतियोगिताको तयारी शुरु
Next articleअमेरिकाका राष्ट्रपतिको निवासमा छापा, गोप्य सरकारी दस्ताबेज जफत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here