
नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज आइतबार चर्चित गायिका रचना रिमालको धमदार प्रस्तुति रह्यो ।
कारकादोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको छैठौं दिन गायिका रिमालसंगै भोजपुरी गायक राजा भोजपुरिया र गायक शुकदेव अधिकारीको पनि दमदार प्रस्तुति रहेको थियो ।
नेपालगञ्जमा गायिका रिमालले आफ्नो पहिलो प्रस्तुति राख्दा उहाँको फ्यानहरुले साथ दिएका थिए । गायिका रिमालको सुरिलो गीतको क्रेज नेपालगञ्जमा पनि बढी रहेको दर्शकको प्रतिक्रियाले जनाएको छ ।
महोत्सवको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलका अनुसार सोमबार गायक विजय पुन, र्यापर माईला, टिकटक कोमल डान्सरको प्रस्तुति हुने भएको छ ।
यस्तै, सोमबार सोनी डान्स ग्रुपको समेत प्रस्तुति रह्नेछ ।महोत्सवमा माघ १८ गतेसम्म कुस्ती प्रतियोगिता समेत चल्नेछ ।दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धनका लागि हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ ।





