दोस्रो टी-२० क्रिकेटमा भारत ६ विकेटले विजयी

नेपालगञ्ज । भारतसँगको दोस्रो टी-२० क्रिकेटमा न्युजिल्यान्ड पराजित भएको छ । लखनउमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै घरेलु टोली भारतले तीन खेलको टी-२० शृङ्खलामा १-१ को बराबरी गरेको छ । न्युजिल्यान्डले दिएको १ सय रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि सूर्यकुमार यादवले २६ रन बनाउनुभयो भने, इशान किशनले १९, कप्तान हार्दिक पाण्ड्यले १५, राहुल त्रिपाठीले १३, शुभमन गिलले ११ र वासिङ्टन सुन्दरले १० रन बनाउनुभयो । न्युजिल्यान्डका माइकल ब्राकवेल र इस सोधीले समान १र१ विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । उसका कप्तान मिचेल स्यान्टेनरले अविजित १९ रन बनाउनुभयो भने मार्क च्याम्पम्यान र माइकल ब्राकवेलले समान १४/१४ रन बनाउनुभयो ।

यस्तै, डेभोन कन्वे र फिना एलेन समान ११/११ रन बनाउनुभयो । अरुले दोहोर अङ्क जोड्न सकेनन् । भारतका अर्शदीप सिंहले २ विकेट लिनुभयो भने हार्दिक पाण्ड्य, वासिङ्टन सुन्दर, युजभेन्द्र चहल, दीपक होडा र कुलदीप यादवले समान १र१ विकेट लिनुभयो । तीन खेलको टी-२० शृङ्खलाको तेस्रो खेल पर्सि बुधवार हुनेछ ।

Previous articleपेट्रोल छर्केर आगो लगाइएका २ वर्षे छोराको मृत्यु, आमा घाइते
Next articleहिरासत कक्षको भित्ता फोडेर ६ जना अभियुक्त फरार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here