ट्रेड युनियन निर्वाचन तय भएपछि संगठनकाे अभियान शुरू

बाँके । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै समय अर्थात असोज २४ मा हुने सुनिश्चित भएपछी कर्मचारी सम्बद् संघ संगठनहरु आ-आफ्नो तयारीमा लाग्न थालेका छन् l

यसैबीच नेपाल निजामती कर्मचारी संगठन, बाँकेले मंगलबार सचिवालय बैठकको आयोजना गरि निर्वाचन केन्द्रित विभिन्न कार्यक्रमहरु तय गरीएको संगठनका सचिव देवीलाल चौलागाईंले जानकारी दिनुभयाे ।

निर्वाचनमा केहि कर्मचारीहरुको विरोध रहेको विषयमा सचिव चौलागाईंले भन्नुभयाे “संसदमा लामो समय देखि छलफलमा रहेको र पारित हुन बाँकी “संघीय निजामती सेवा ऐन” जारी गरेर मात्र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत त्यसो हुन नसकेपछि निजामती सेवा ऐन २०४९ र निजामती सेवा नियमावली २०५० अनुसार अहिले हुन गैरहेको निर्वाचनमा कर्मचारी समायोजन पछी स्थानीय तहमा नियुक्त भएका र स्वास्थ्य सेवा अन्तर्गत रहेका हजारौं कर्मचारी साथीहरु छुट्ने स्थिति आएको छ l”

यसमा असहमति रहेपनि संघर्षका नाममा प्राप्त उपलब्धि नगुमोस् भन्ने ध्येयले आफुहरु निर्वाचनमा होमिएको र ट्रेड युनियन अधिकार रहे मात्र अन्य अधिकारको रक्षा गर्न सकिने भएको हुनाले सबै कर्मचारीहरुलाई असोज २४ गते हुन गैरहेको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सक्रियता पुर्वक लाग्न र सभागी हुन उहाँले आग्रह गर्नु भयो l

२०७३ सालमा पहिलोपटक भएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा बाँके सहित देशैभर करिब दुइतिहाई मतका साथ शानदार जित हासिल गरेको र कर्मचारी बीच लोकप्रिय एवं कर्मचारीहरुको पेशागत हकहित र सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने सवालमा सधैं अगाडी रहेको नेपालको जेठो एवं सशक्त कर्मचारी संगठनका रुपमा स्थापित नेपाल निजामती कर्मचारी संगठनका अगाडी त्यो इतिहास कायम राख्ने चुनौती रहेको र त्यसको सामना गर्ने गरि आफुहरुले जिल्ला स्तरमा काम गरिरहेको संगठन, बाँकेका सचिव चौलागाईंले जानकारी दिनुभयाे l

संगठनको आजको सचिवालय बैठकमा अध्यक्ष अग्नि प्रसाद आचार्य, पुर्व अध्यक्ष एवं आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण कुमार थापा, राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष चिरन्जीवी पाण्डे, संगठनका उपाध्यक्ष घनश्याम केसी लगायत संगठनका अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो l

आगामी असोज २४ गते हुने कर्मचारीहरुको निर्वाचनका लागि बाँके जिल्लामा जिल्ला सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृतको कर्यालय स्थापना गरिएको छ भने जिल्ला न्याधिवाक्ता याम बहादुर बानियालाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ l

यसरी निर्वाचन व्यवस्थापनको जिम्मेवारी जिल्ला सरकारी वकिलको कार्यालय दिईएको छ भने कर्मचारी व्यवस्थापन लागायत समग्र सुरक्षा प्रवन्धको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको रहने छ l

Previous articleजनताले त पाए, माथिल्लालाई पुगेन्छ !
Next articleबाँकेमा दुई दिन लाग्दै आएको निषेधाज्ञा हटाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here