बाँकेमा दुई दिन लाग्दै आएको निषेधाज्ञा हटाइयो

बाँके । जिल्लामा साताको शुक्रबार र शनिबार लाग्दै आएको निषेधाज्ञा हटाइएको छ ।

बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी सातादेखि शुक्रबार र शनिबारको निषेधाज्ञा हटाएको होे ।

त्यस्तै कोरोना भाइरसबाट जोगिनका लागि सुरक्षाका उपायहरु अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज लगायतका क्षेत्रमा कोरोनाका बिरामी बढेपछि शुक्रबार र शनिबार दुई दिन निषेधाज्ञा जारी गरेको थियो ।

यद्दपि अहिले पनि बाँकेमा दैनिक रुपमा कोरोना संक्रमितहरुको संख्या देखिने क्रम जारी छ ।

Previous articleट्रेड युनियन निर्वाचन तय भएपछि संगठनकाे अभियान शुरू
Next articleबाँकेमा कर्तव्य ज्यान मुद्दाका अभियुक्त २३ वर्षपछि पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here