जनताले त पाए, माथिल्लालाई पुगेन्छ !

✒️बिष्णु प्रसाद पाेखरेल । तिहारमा धेरै बत्ती नबाल्नु, बिहान बेलुका बिजुली बढी खपत हुने साधन नचलाउनु, बाहिरको उज्यालो आउने क‍ोठा बनाउनु, चिम यस्तो बाल्नु, यो गर्नु उ नगर्नु जे जे भने पनि १८ घण्टा ल‍‍ोड शेडिङ भएकै थियोे ।

तत्कालीन उर्जा मन्त्री जनार्धन शर्माको पहलमा कुलमान घिसिङलाई बिजुली अड्डाको बडाहाकिम बनाए पछि ती दिन बदलिए । कुलमान इमान्दार कर्मचारी थिए या थिएनन नागरिकलाई थाहा हुने कुरा र चासो कम भए पनि उनको कारण लोडसेडिङ अन्त्य भएको हो भन्ने कुरा छर्लङ्ग छ । को ठाउँमा दोश्रो कर्मचारी भएको भए रणनीतिक सुधार त हुने थियोे होला तर त्यत्रो बिचित्र घाटा सुधार अवस्य हुने थिएन। यथार्थ यो हुन्थ्यो कि अहिलेसम्म बिजुली अड्डा सकस पुर्णरुपमा छट्पटिई रहन्थ्यो ।

धोका नदिने हो भने सब‌ै शासक र अधिकारी प्रति जनताको सम्मानमा कमी आउदैन, विद्युत प्राधिकरणमा जनताले रुचाएको व्यक्ति को होला भनेर खोजी रहन पनि पर्दैन । हरेक दक्ष र इमान्दार कर्मचारीले आफ्नो कार्यकालमा मुलुक र संस्थालाई हेरेर कर्तव्य निर्वाह गरे सम्मानित हुन सक्छन् भन्ने पाठ कुलमानले पढाएका छन ।

कसैले भन्छन कुलमानलाई अझै ४ बर्ष थपेको भए के जान्थ्यो, सरकार, पार्टी र मन्त्रीलाई के घाटा लाग्थ्यो ? झनै लोकप्रियता बढ्थ्यो नि ! कसैले चाहिँ कुलमानलाइ नै राखे पनि अरु कोही रैनछन पनि भन्दा होलान । फुल भन्दा काँडा बढी हुनु प्राकृतिक गुण हो । लेख भन्दा कमेन्ट यसै फेसबुकमा पनि हुन्छन नै । तर सरकारले अझै राम्रो दक्ष र निपुण पो खोजेको छ कि हेर्न बाँकी नै छ ।

जे होस, जस्तो होला देखिएला तर अहिले झोला बोक्ने लुरुलुरु पछि लाग्नेले एउटा छाडे अर्को ठाउँ पाउने, राम्रो गरेकाले फेरि जिम्मेवारी नपाउदा कुलमानका कारण जनताले उज्यालो पाए पनि माथिल्ला शासक वर्गले अध्यारो नै खेपिरहेका रैछन जस्तो लागेको छ । जेनेरेटर र ईन्भर्टरको बिजनेस तिल मिलाएछ कि अध्यारोमा गरिने मनपरि ओईलाएछ अनुसन्धान गर्नुपर्नेछ ।

Previous articleराप्तीसोनारीको तीन सामुदायिक वनमा ९ सय बृक्षारोपण
Next articleट्रेड युनियन निर्वाचन तय भएपछि संगठनकाे अभियान शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here