
गुलरिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नं-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भे ४ प ५१७६ नम्बरको मोटरसाइकल सोमबार राती १० बजे अनियन्त्रित भई पल्टिंदा बाँकेको बैजनाथ गाउँपालिका वडा-२ का ५६ वर्षीय भागिराम थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जनाएको छ ।





