बाँकेमा कर्तव्य ज्यान मुद्दाका अभियुक्त २३ वर्षपछि पक्राउ

बाँके । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दाका फरार बाँकेको खजुरा गाउँपालिका वडा नं–८ रनियापुरका ३८ वर्षीय आजात खाँलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो ।

घट्नाको २३ वर्षपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले भाद्र २८ गते घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार सोही मुद्दाका एक जना अभियुक्त अझै फरार छन् ।

पक्राउ परेका २०५४ साल फागुन ७ गते सोही वडाका १९ वर्षीय नूर सलाम खाँलाई छातीमा गोली हानी र घाँटी रेटेर हत्या गरेका थिए । सोही मुद्दामा फरार अभियुक्त २०७२ अजोज १७ गते बाँके जिल्ला अदालतले २० वर्षको सजाय सुनाएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments