बिहीबार बिहानै बाँकेका १० सहित १२ जनामा कोरोना पुष्टि

बाँके । जिल्लामा बिहीबार बिहानै १२ जना संक्रमित पुष्टि भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्निक सेन्टर नेपालगञ्जमा भएको पछिल्लो परीक्षणमा बाँकेमा बिहीबार १२ जनामा संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेजको परीक्षणबाट नेपालगञ्ज वडा नं–२ देखि १३ सम्मका ९ जना र बागेश्वरीबाट नेपालगञ्ज वडा नं–२० का एक जनामा कोरोना देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मेडिकल कलेजकै परीक्षणबाट रुकुम चौरजहरी १ का एक र बर्दिया मधुवन ९ का एक जनामा कोरोना देखिएको छ ।

यसरी बिहीबार बिहान थपिएकाहरुमा ५ महिला र ७ जना पुरुष रहेका छन् । उनीहरुसंगै अब बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ४६ पुगेको छ ।

Previous articleबाँकेमा कर्तव्य ज्यान मुद्दाका अभियुक्त २३ वर्षपछि पक्राउ
Next articleबिहीबार ४४ जना डिस्चार्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here