नेपालगञ्जमा शनिबार ‘स्लो मोटरसाईकल प्रतियोगिता’

नेपालगञ्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरणका लागि हुन गईरहेको तेस्रो स्लो बाइक प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । बास नेपालको आयोजनामा माघ २१ गते शनिवार नेपालगन्जको न्यूरोडमा प्रतियोगिताको हुन लागेको हो ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता बिहान ७ बजेदेखि नेपालगन्जको न्यूरोडमा हुनेछ ।

पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिकजसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गर्ने प्रतियोगिताको उद्धेश्य रहेको छ ।

प्रतियोगितामा जो कोहीले पनि सहभागिता जगाउन सक्नेछ भने सहभागिता जनाउने प्रतियोगिसँग सवारी चालक लाईसेन्स र सवारीको ब्लुबुक साथमा हुनुपर्ने र मोटरसाईकल कन्डीसनमा हुनुपर्नेछ ।

सवारी साधनको कन्डीसन र सवारी कागजात ट्राफिक प्रहरीले चेकजाँच गरेर मात्रै प्रतियोगितामा सहभागिता जनाउन सक्नेछ । प्रतियोगिता अवधिमा ट्राफिक ब्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालयको सहकार्य रहेको छ ।

प्रतियोगितामा निर्धारित एक सय मिटरको दुरी सबैभन्दा बढी समय लगाएर पुरा गर्ने प्रतियोगि बिजयी घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिलाई क्रमशः नगद १० हजार, ५ हजार, ४ हजार र २ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

Previous articleगाउँ-गाउँमा फैलिंदै लागूऔषध, युवाहरुले थाले निरुत्साहित अभियान
Next articleमहोत्सवमा भोजपुरी स्टार खेसारी-२ को धमाकेदार प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here