
नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) सहितको टोलीले दमदार प्रस्तुति राख्नुभएको छ ।
कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज अन्तरराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
खेसारी२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जयसवाल, गायक गौरब मिश्राले बेजोड प्रस्तुति राखेका प्रचारप्रसार समिति संयोजक भागवत कंडेलले जानकारी दिनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा अझै ५ दिनसम्म जारी रहनेछ । आज एमउ बी.एम.पी म्पूजिकको दमदार प्रस्तुति रहेको थियो भने मोडल नेहा राज, मुस्कान जानू, चाहत जी, पायलले दर्शकलाई भरपुर मनोरञ्जन दिनुभयो ।
उहाँहरुको २४ जनाको टोली नेपालगञ्जमा आएको थियो । यस्तै, आज गायिका उमादेवी खनाल, डान्सर बबिता धिताल, स्थानीय गायक अशोक रावलको समेत प्रस्तुति रहेको थियो ।
यसबाहेक दर्शकको थप मनोरञ्जनका लागि दैनिक लुम्बिनी प्रदेश स्तरिय नृत्य प्रतियोगिता समेत भईरहेको छ । जसमध्ये १२ जना आज निर्णायकमा परेका छन् । महोत्सवमा आज एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहेका थियो ।





