चर्चित गायकद्धय शर्मा र खत्रीको गीतमा झुमे दर्शक

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा मंगलबार चर्चित गायक पशुपति शर्मा र कमल खत्रीसहितका कलाकारले आफ्नो प्रस्तुतिले दर्शक नचाउनुभएको छ ।

कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री र डान्सर एवं मोडेल अञ्जली अधिकारीले दर्शकलाई भरपुर मनोरञ्जन दिदै नचाउनुभएको हो ।

महोत्सवमा लोकप्रिय गायक शर्माले देशको स्थिति र अर्थतन्त्रलाई दर्शाउँदै राजनीति हाबी भएको दर्शकमाझ जिकिर गर्दै आफ्ना यसको विरोध गर्दै लुट्न सके लुट बोलको गीत प्रस्तुत गर्नुभयो ।

उहाँले देशलाई कुनै पनि हालतमा लुट्न नपाईने चेतावनी स्वरुप नेताहरुको बिरोधमा आफ्ना कतिपय संदेशमुलक गीतहरु ल्याएको जानकारी गराउनुभयो । शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको लोक गीत दर्शकले निकै मन पराए ।

यस्तै, गायक खत्रीले आफ्ना लोकप्रिय गीतहरु दर्शकमाझ प्रस्तुत गर्दै दर्शकलाई नचाउनुभयो । दर्शकले खत्रीको गीतमा आफुलाई नाच्नबाट रोक्न सकेका थिएनन् ।

महोत्सवको मञ्च शितल शर्मा र प्रेरणा गिरीले सम्हाल्नुभएको थियो । यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानीय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ ।

महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहेको प्रचारप्रसार समिति संयोजक भागवत कंडेलले जानकारी दिनुभयो । दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिन सकिन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा जारी महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।

Previous articleस्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला, विपतसंग जुध्न सहज हुने : मेयर बिष्ट
Next articleनेपाल टी-२० मा फिक्सिङको आरोपमा एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here