नेपालगन्ज महाेत्सवमा आज दुर्गेश थापा

नेपालगन्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज राष्ट्रिय स्तरका चर्चित गायक गायिका आउने भएका छन ।

नेपालगञ्जको कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा, गायिका भूमिका गिरी आउने महोत्सवका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिनुभयाे ।

स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गर्ने महोत्सव सचिवालयले जनाएको छ ।

यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानीय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहनेछ ।

यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसरभित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्स यहि शनिवार सम्म चल्नेछ ।

महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।

Previous articleहवाई सेवा सुरक्षित बनाउन लिखित जवाफ माग
Next articleफाेहाेर फाल्न निस्केका पाेखरेल परे कारबाहीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here