फाेहाेर फाल्न निस्केका पाेखरेल परे कारबाहीमा

काेहलपुर । सार्वजनिक स्थानमा फाेहाेर फाल्दै हुनुहुन्छ ? हुनुहुन्छ भने हाेसियार ! सार्वजनिक स्थानमा फाेहाेर फाल्दै हुनुहुन्छ भने त्यसबापत ठुलै जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

हालै बाँकेकाे काेहलपुर नगरपालिकाभित्र जथाभावी फाेहाेर फाल्न निस्केका एक व्यवसायी कारबाहीमा परेका छन् ।

काेहलपुर नगरपालिकालाई नमुना बनाउन संचालन गरिएका विभिन्न अभियानकै क्रममा फाेहाेर फाल्न निस्केको काेहलपुरकाे नमस्ते मिटअपलाई कारबाही गरिएको हाे ।

यही माघ २५ गतेे बुद्वबार साँझ ८:३० बजेको समयमा कोहलपुर वडा नं-११ स्थित रेडक्रस पछाडी सडक छेउ दशविगाहामा रहेकाे नमस्ते मिटअप पसलका प्रकाश पाेखरेलले भे.५.प. ४६८१ नम्बरको स्कुटीमा फाेहाेर ल्याई फाल्दै गर्दा पक्राउ परेकाे नगर प्रहरीले जनाएको छ ।

फाेहाेर फाल्न लागेका पाेखरेल र सकुटीलाई कोहलपुर नगर प्रहरीले नियन्त्रणमा लिएर नियमअनुसार माघ २६ गते पाचँ हजार जरिवाना तिराएकाे छ ।

नगर प्रहरीका अनुसार अब उप्रान्त सार्वजनिक स्थानमा फोहोर नफाल्ने सर्तसहित पाेखरेललाई छाडिएकाे छ ।

Previous articleनेपालगन्ज महाेत्सवमा आज दुर्गेश थापा
Next articleतेस्रो नेपालगञ्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान, चुङ्वा शेर्पा सदभावना दुत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here