
नेपालगञ्ज । बाँके प्रहरीले (लागू औषध) ५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उमहानगरपालिका वडा नं १ को वाटरपार्क क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी नगरपालिका वडा नं १० का २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका वडा नं ५ का ३५ वर्षीय बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् ।
घट्नास्थलमा पुगेको प्रहरी टोलीले डाँगीले लगाएको ज्याकेटको गोजीमा ५० ग्राम (लागू औषध) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको बाँकेका प्रहरी प्रवक्ता रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।





