राप्तीसोनारी र नरैनापुर क्षेत्रमा टेलिकमका थप टावर राख्न मन्त्री केसीकाे पहल

नेपालगन्ज । राप्तीसोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा थप नेपाल टेलिकमका टावरहरु राख्न लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पहल थाल्नुभएको छ ।

हाल भएका टावरहरुको स्तरउन्नती र केही स्थानमा नयाँ टावरहरु राख्नको लागि मन्त्री नमुनाले पहल थाल्नुभएको हो ।

सोही क्रममा बिहीबार उहाँ नेपाल टेलिकम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा पुगेर टावरहरुका स्तरउन्नती र नयाँ टावरहरु राख्नेबारे छलफल गर्नुभएको थियो ।

सो क्रममा उहाँले निमित्त कार्यालय प्रमुख शिव खनाल लगायतका विभिन्न शाखाका प्रमुखहरुसँग राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित प्रदेशभरी नै कसरी गुणस्तरीय टेलिफोन सेवा पु¥याउन सकिन्छ भन्नेबारे छलफल गर्नुभएको थियो ।

‘मेरो निर्वाचन क्षेत्रसहित प्रदेशभरी नै कसरी गुणस्तरीय सञ्चार सेवा आम नागरिकलाई पु¥याउँन सकिन्छ भन्नेबारे छलफल गरेकी छुँ’ मन्त्री नमुनाले भन्नुभयो, ‘राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टावरहरुको स्तरउन्नती र केही स्थानमा नयाँ टावरहरु थप्ने विषयमा छलफल भयो ।’

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको चप्परगौडीदेखि दाङको सीमा शिवखोलासम्म टेलिफोन नेटवर्कले काम गर्नेगरी छलफल थालिएको उहाँले बताउनुभयो ।

‘अहिले राजमार्ग क्षेत्रमा फोनले काम नगर्ने समस्या रहेको छ । यसले यात्रु तथा दुर्घटना भैहालेका उद्दारको लागि तत्काल सम्पर्क गर्न गाह्रो हुन्छ’ उहाँले भन्नुभयो, ‘कम्तीमा पनि यो क्षेत्रको राजमार्गमा टेलिफोनले काम गर्ने वातावरण बनाउन लागिपरेकी छुँ ।’

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा समेत गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा पु¥याउन लागिपरेको मन्त्री नमुनाले बताउनुभयो ।

दुई पालिकाका केही स्थानमा नेपाल टेलिकमका नयाँ टावर थप गर्ने र अहिले भएका टावरहरुको स्तरउन्नती गर्नेगरी प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

‘राप्तीसोनारी र नरैनापुरमा केही नयाँ टावर राख्ने र अहिले भएका टावरलाई स्तरउन्नती गरेर टेलिफोन सेवा राम्रो बनाउने प्रक्रिया सुरु भइसकेको छ’ मन्त्री नमुनाले भन्नुभयो, ‘त्यसै अन्तर्गत केन्द्रीय कार्यालयमा छलफल गरिसकेपछि प्रादेशिक कार्यालयमा छलफल गरेकी हुँ ।’

Previous articleवाटरपार्क क्षेत्रबाट लागू औषधसहित तीन जना पक्राउ
Next articleनेपालगन्ज महाेत्सवमा शुक्रबार मेलिना राई र गोपाल जिएमकाे प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here