
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको आइतबार बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बसेको कार्यसमिति बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको सचिव बिजय मल्लले जानकारी दिनुभयो ।
निर्णयहरु :
१.नेपाल प्रेस युनियन केन्द्रिय समितिले नयाँ सदस्यताको आवेदन लिने र पुराना सदस्यको नविकरण गर्ने निर्णय गरेको सम्बन्धमा ब्यापक छलफल गरी बाँके जिल्लामा नेपाल प्रेस युनियनको नयाँ सदस्यताको आवेदन युनियनको विधान अनुसार जिल्लामा पत्रकारिता गरिरहेका ब्यक्तिहरुबाट लिने र पुरानो सदस्यको नविकरण २०७९ फागुन १८ गतेभित्र गर्ने निर्णय गरियो । यसका लागि कोषाध्यक्ष मधु पौडेल र सचिव विजय मल्ललाई कार्य जिम्मेवारी दिइयो ।
२.नेपाल प्रेस युनियन बाँकेको थप दुई वटा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरियो । स्थापना गरिएको पुरस्कारहरुमा ‘प्रेस युनियन युवा पत्रकारिता पुरस्कार’ र ‘प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कार’ रहेका छन् । उक्त पुरस्कार नेपाल प्रेस युनियनको पुरस्कार छनोट कार्यविधि अनुसार वितरण गरिनेछ ।
३.नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेका पत्रकारिता पुरस्कारहरु क्रमशः सुशिल कोइराला स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ राष्ट्रिय पत्रकारिता पुरस्कार, जगन्नाथ गौडेल पत्रकारिता पुरस्कार, प्रेस युनियन युवा पत्रकारिता पुरस्कार र प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कार छनोटका लागि कार्यविधि बनाउने निर्णय गरियो ।
४.नेपाल प्रेस युनियन बाँकेको पहिलो स्मारिका ‘समृद्धिका लागि सञ्चार’ प्रकाशन गर्न युनियन बाँकेका सम्पूर्ण कार्यसमिति पदाधिकारी सक्रियता पुर्वक लाग्ने निर्णय गरियो । स्मारिकाको लागि प्रेस युनियन सम्बद्ध पत्रकारहरुसँग विभिन्न विषयमा लेख, विचार जस्ता सामाग्रीहरु आब्हान गर्ने निर्णय गरियो ।
५.विगतको वर्षझै आगामी वर्षका लागि नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो प्रकाशन गर्न पुर्वतयारी गर्ने निर्णय गरियो ।





