कोहलपुरमा राती दश बजेपछि मदिरा विक्रि-वितरणमा रोक

कोहलपुर । कास्कीबाट ईलाका प्रमुखका रुपमा बाँकेको कोहलपुर ईलाकाको जिम्मेवारी सम्हाल्न भर्खरै सरुवा भएर आउनुभएका प्रहरी नायव निरीक्षक सुन्दर तिवारीले कोहलपुरका कुनैपनि व्यावसायीले मदिरा ऐन विपरित राती १० बजेपछि मदिरा विक्रि वितरण गर्न नपाईने बताउनुभएको छ ।

आईतबार होटेल व्यावसायी संघ बाँके कोहलपुरको आयोजनामा होटेल तथा रेष्टुरेन्ट व्यावसायीहरुसंगको अन्तरक्रियामा डिएसपी तिवारीले उक्त क्षेत्रको शान्ति सुरक्षाकालागि कुनैपनि होटेल व्यावसायीले राती १० बजेपछाडी मदिरा विक्रिवितरण गरेको थाहा पाएमा मदिरा ऐन सम्बन्धि कारवाही गरिने चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्राय घटनाहरु होटलमा आएर बास बस्ने ग्राहकबाटै घट्ने भएको हुनाले होटेल व्यावसायीले आफ्ना ग्राहकहरुमाथि विशेष ध्यान दिनुहोला । ग्राहको सबै ठेगानालाई नोट गरेर राख्ने बानीको विकास गर्नुहोला । मेरो जिम्मेवारी कोहलपुरको शान्ति सुरक्षालाई कायम गर्ने हो । यस्का लागि मलाई तापईँहरुको साथ र सहयोगको आवश्यकता छ । त्यसैले तपाईँ सबै होटेल व्यावसायीले आजकै दिनदेखि राती १० बजेपछि मदिरजन्य पदार्थ नबेचिदिनु होला ।’

१ सय ५० जनाभन्दा बढी होटल व्यावसायीको सहभागीता रहेको उक्त कार्यक्रममा ईलाका प्रहरी प्रमुख तिवारीले सबै व्यावसायीलाई आफ्नो होटेलमा सिसिटिभी क्यामेरा जडान गर्न आग्रह गर्नुभयो ।

उहाँले १८ वर्षभन्दा मुनिका बालबालिकाहरु होटलमा बस्न आएको खण्डमा त्यस्ता बालबालिकाहरुलाई व्यावसायीहरुले विशेष रुपमा सोधपुछ गरेर उनीहरुबाट नागरिकता वा सम्पर्क नम्बर लिएर अभिभावकलाई खबर गरिदिन सुझाव समेत दिनुभयो ।

उहाँले कोहलपुरका होटेल व्यवसायीहरुलाई प्रहरीसंग सिधै सम्पर्क गर्नकालागि सामूहिक ‘ह्वाटसप’ ग्रुप बनाएर सहकार्य गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा डिएसपी तिवारीले अन्य ठाउँका होटेलमा भएका घटनालाई प्रोजेक्टर मार्फत देखाउँदै भन्नुभयो, ‘मैले शुरुमै तापईँहरुलाई अनुरोध गरेको छु । सचेत रहेर ग्राहकलाई सेवा दिनुहोस् । र यो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्नुहोस् । भोलीका दिनमा तपाईको होटेलमा छापा मार्ने दिन नओस् । यो प्रोजेक्टरमा देखाए झैं तपाईँको पनि होटलेलको फोटो देखाउँदै समाचारको शिर्षक बन्ने दिन नआओस् ।’

उहाँले सुझाव दिंदै भन्नुभयो, ‘घटना कतिबेला, कसरी, कुन समयमा, र कोबाट घट्छ भन्ने नै थाहा हुँदैन । त्यसैले हामी सबै जना सचेत रहन आवश्यक छ ।’

कार्यक्रममा सहभागी होटेल व्यावसायी मध्य केहीले उनको कुरामा सहमति जनाएका थिए भने केहीले असहमति जनाएका थिए । होटेल सञ्चालन समयको सिमारेखा तोकेर सम्भव नहुने भन्दै केही व्यावसायीले असन्तुष्टि जनाएका थिए ।

कोहलपुरमा दर्ता भएका होटेल व्यावसायीहरुको संख्या ७ सय रहेको छ । कार्यक्रममा ईलाका प्रहरी प्रमुख तिवारीलाई होटेल व्यावसायी संघ कोहलपुरका अध्यक्ष मोहन रिजालले नोट बुक हस्तान्तरण गरेर स्वागत समेत गर्नुभएको थियो ।

Previous articleप्रेस युनियन बाँकेले दुई वटा पत्रकारिता पुरस्कार स्थापना गर्ने
Next articleसवा करोड दीप प्रज्वलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here