
नेपालगञ्ज । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँकेको अध्यक्षमा जानकी देवकोटा चयन हुनुभएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँकेको आइतबार नेपालगञ्जमा सम्पन्न सातौ जिल्ला अधिवेशनले जैसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर वली, सचिवमा देव बहादुर वली, कोषाध्यक्षमा पुजारी प्रसाद यादव चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा क्रमशः मधु पोख्रेल गौतम, सृजना श्रीवास्तव, देवेन्द्र अधिकारी, दोर्ण प्रसाद आचार्य, रञ्जित कुमार गुप्ता , देवेन्द्र पौडेल रहनुभएको निर्वाचन अधिकृत सन्तोष वाग्लेले जानकारी दिनुभयो ।
यसैगरी महाधिवेशन प्रतिनिधिमा शिवलाल घर्ति, प्रदेश प्रतिनिधिमा ओमन वि.सी.,चन्द्र बहादुर वि.सी, कृष्ण कुमार गाहा मगर, नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला प्रतिनिधिमा मुक्तिनाथ ज्ञवाली, विष्णु केसी, शिवध्वज शाही, लक्ष्मण केसी, बुद्धि प्रकाश केसी, नेत्र बहादुर खडकालाई चयन गरिएको छ ।
जिल्लाका सार्वजनिक सेवा क्षेत्रमा रहेका प्रजातान्त्रिक विचारधारा भएका कर्मचारीहरुको यो साझा पेशागत संगठन हो । निर्वाचित कार्यसमितिमा आवद्ध प्रतिष्ठानतर्फ नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, नेपाल टेलिकम, भेरी प्राविधिक, महेन्द्र बहुमुखी क्याम्पस, आयल निगम लगायतका संस्थानको प्रतिनिधितब रहेको छ ।
२०४७ सालमा स्थापित नेपाल सार्वजनिक सेवा कर्मचारी संघ अहिले ४४ जिल्लामा विस्तार भै ३२ प्रतिष्ठानको आवद्धता रहेको छ ।
अधिवेशनको उद्घाटनमा नेपाली काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष दुर्गा प्रसाद जैसी, नेपाल ट्रेड युनियन काँग्रेस बाँके अध्यक्ष राम बहादुर मल्ल, सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रीय सदस्य अय्युबअलि खान, सार्वजनिक सेवा कर्मचारी संघ बर्दियाका जिल्ला अध्यक्ष भिम बहादुर परियार लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यवाहक जिल्ला अध्यक्ष बुद्धिप्रकाश के.सीको सभापतित्वमा कार्यक्रममा सदस्य राजेन्द्रकुमार थापाले स्वागत गर्नुभएको थियो । बाँकेमा आवद्ध प्रतिष्ठानमा २ सय ५६ जना आस्थावान सदस्य रहेका छन् ।





